ताजा अपडेट »

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, २५ असार २०८१, १० : ५९
160 Shares
मंगलबार, २५ असार २०८१
160 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ । यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।