ताजा अपडेट »
बिपद तथा उद्धारमा सशस्त्र प्रहरीबल

लुम्बिनी प्रदेशकाे बिपद तथा उद्धारमा सक्रिय सशस्त्र प्रहरीबल (भिडियो)

१११४ टोल फ्रि नम्बरमा फोन गरी तत्काल सहयोग लिन सकिने

मंगलबार, २५ असार २०८१, ०६ : ४२
266 Shares
मंगलबार, २५ असार २०८१
266 Shares

बुटवल । लुम्विनी प्रदेश पनि बाढी पहिरोको चपेटाबाट मुक्त हुन सकेको छैन । प्रदेशका अधिकांश क्षेत्र डुबान तथा पहिरोको चपेटामा परेकाछन । बाढी पहिरो र डुबानकै कारण लुम्विनी प्रदेशमा  १२ जना भन्दा बढीले ज्यान गुमाउन पुगेका छन भने धेरैलाई सुरक्षाकर्मीहरुले  सकुशल उद्धार समेत गरेका छन। 

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार लुम्विनी प्रदेशमा १५ हजार ५ सय घर परिवारका मानिसहरु बाढी-पहिरोको जोखिममा रहेको र जसमा ३ हजार उच्च जोखिममा  तथा ७ हजार ५ सय मध्यम खालको जोखिममा रहेको बिश्लेषण गरिएको छ। 

तराईका नवलपरासी देखि बर्दियासम्म तथा पहाडी जिल्लाहरुमा पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा तथा पूर्बि रुकुममा पहिरोको उच्च जोखिम रहेको बताईएको छ ।

 450300544_353820341071835_8326483389456888080_n

नेपालमा बिपद तथा उद्धारमा सशस्त्र प्रहरीबलको महत्वपूर्ण भुमिका रहनेगरेको छ । लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरी बल ५ नं बिन्दबाशिनी बाहिनी मुख्यालयले बिपद उद्धारमा प्रदेशमा ससस्त्र प्रहरी बल परिचालनको संमनमय गर्ने गरेको छ ।

५ नं बिन्दबाशिनी बाहिनी मुख्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक अभि कुमार खत्रीका अनुसार लुम्विनी प्रदेशमा बाढीमा फसेकाहरुको उद्धारका लागि बिशेष तालिम प्राप्त २५६ जना सशस्त्र प्रहरीबलका सुरक्षाकर्मीहरु तम्तयार अवस्थामा राखिएको छ । 

सशस्त्र प्रहरीले असार २२ गते दाङको लमही क्षेत्रमा बाढीका कारण फसेका २९ जनालाई उद्धार गरेको छ भने असार २३ गते २१३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको बताएको छ। 

Daang

लुम्विनी प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोको जोखिम तथा तराई क्षेत्रमा डुबान बाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दे न्युनिकरण गर्नका लागि सर्बसधारणलाई सावधानी अपनाउन आग्रह गर्दै माईकीङ गर्ने, जोखिममा रहेको परेको बस्तीलाई सुरक्षित स्थानमा स्तानान्त्रण गर्न सहयोग गर्ने जस्ता कार्यमा एपिएफका २८ वटा युनिट सक्रियता पुर्वक परिचालित रहेको सशस्त्र प्रहरी बल ५ नं बिन्दबाशिनी बाहिनी मुख्यालय चन्द्रौंटाले बताएको छ। 

वर्षा याममा हुने बाढि पहिरोको जोखिम न्युनिकरणका लागि सशस्त्र प्रहरीबलले गुल्मी जिल्लाको चन्द्रकोट गाँउपालिकाको वडा न. ६ मा नयां बेस समेत स्थापना गरेको ५ नं बिन्दबाशिनी बाहिनी मुख्यालय प्रमुख, प्रहरी नायव महानिरिक्षक अभि कुमार खत्रीले बताए । 

नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समुदाय सबैसंग सहकार्य गरी बिपदमा उद्धारका क्रममा स्थानीय श्रोत साधनहरुको प्रयोग गरी जनतालाई सावधानी अपनाउन सचेत बनाउने जस्ता कामहरुमा सशस्त्र प्रहरी बल सक्रियता पुर्वक लागिरहेको उनी बताउछन ।

450234741_354312821022587_6161829390552925524_n

लुम्विनी प्रदेशमा सशस्त्र प्रहरी बल मताहतका बाहिनी, गण, गुल्म लगायतका सबै युनिटहरुलाई बिपदको समयमा तत्काल परिचालन हुन सक्नेगरी चुस्त दुरुस्त अवस्थामा राखिएको र सशस्त्र प्रहरीका ५ हजार १ सय १० जना जनशक्ति बिपदको ब्यवस्थापन र  तथा नागरिकहरुको सुरक्षामा खटिनेगरी चौबिसै घन्टा तम्तयार रहेको ५ नं बिन्दबाशिनी बाहिनीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठले बताए ।  

नेपालमा सशस्त्र प्रहरीबल सिमा सुरक्षा कार्यमा मात्र नभई देशमा आईपर्ने बिपद व्यवस्थापन तथा आकसिमक उद्दार जस्ता कार्यमा सशस्त्र प्रहरी बलको भुमीका सधैव महत्वपूर्ण रहने गरेको छ । यस्ता मानबिय सहयोगको काममा सशस्त्र प्रहरी बल सधै अग्रपंतिमा रहेर जनताको सुरक्षा तथा आकस्मीक उद्दार कार्यमा अहोरात्र खटीने गरेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।