ताजा अपडेट »

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : महामन्त्री र प्रवक्ता चयन गर्ने

मंगलबार, २५ असार २०८१, ०७ : ४९
90 Shares
मंगलबार, २५ असार २०८१
90 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान ८ बजे बस्न लागेको हो ।

बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने रास्वपाले जनाएको छ । आजै नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न सक्ने बताइएको छ । 

डा।ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारिसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो । ढकालको पद पुनःस्थापना नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।