ताजा अपडेट »

आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची यस्तो छ

मंगलबार, २५ असार २०८१, ०७ : ३७
84 Shares
मंगलबार, २५ असार २०८१
84 Shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बार्षिक प्रतिवेदन र व्यवस्थापन कार्यको कार्यसूची सार्बजनिक गरिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले 'थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ श्रावण २०८० आषाढ' पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले 'जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।