ताजा अपडेट »

पाल्पामा क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ

सोमबार, २४ असार २०८१, ११ : ०६
124 Shares
सोमबार, २४ असार २०८१
124 Shares

बुटवल । पाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो। उपकार सुपर मार्ट प्रा।लि।ले क्लोथ एण्ड फुड बैंक नेपालको समन्वयमा कपडा बैंकको स्थापना गरेको हो।

उपकार सुपरमार्ट प्रा।लि।को दोस्रो शाखा संगै कपडा बैंकको ड्रप बक्सको नेपालि सिने जगतका महानायक एवं क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले समुद्घाटन गरेका हुन् । मार्ट संगै कपडा बैंकको उट्घाटन गर्दै हमालले केही महिना अघि बुटवल देखि सुरु भएको क्लथ बैंक स्थापना कार्य देशको मुख्य शहर हुँदै पूर्व मेची देखि पश्चिम महाकाली सम्म स्थापनाको क्रममा रहेको बताए । कपडा बैंक गरिब तथा निम्न वर्गका लागि मात्र नभै आवश्यक पर्ने सबैको लागि रहेको स्पष्ट पारे ।

आर्थिक मन्दीको अवस्थामा पनि युवाहरुले फरक ढंगका साथ सञ्चालमा ल्याएको मार्ट संगै कपडा बैंक स्थापना हुनु खुशीको कुरा भएको बताए । बजारमा किनमेलको लागि आउँदै गर्दा आफुसग भएका प्रयोगमा नआएका बक्समा ल्याएर जम्मा गर्न र प्रशोधन गरेर ल्याईएको लुगा आवश्यक पर्नेले लिएर जान आग्रह गरे । पाल्पा आफ्नो जन्मथलो भएको बताउँदै पाल्पाको भुगोल र पाल्पाली संग नजिक भएर काम गर्न पाउँदा खुशी लागेको बताए। हमालले कपडा बैंकको सुभारम्भा संगै यात्रा नेपाल डकुमेन्ट्री छायाँङ्कनको लागि आएको बताए । उनले सबैभन्दा पहिला पाल्पा र पाल्पाको पनि रामपुरमा बाट छायाँङ्कन सुरु गरिएको जानकारी दिए ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले स्थानीय सरकार र विभिन्न संघ संस्था संग समन्वय गरी कपडा बैंक स्थापना गर्ने क्रम चलिरहेको जानकारी दिए । उनले संकलन भएको कपडा प्रशोधन गरी बिपदमा परेका नागरिक तथा आवश्यक परेका सबैलाई वितरण गर्दै आईरहेको बताउए । सबै वर्ग, तहका नागरिकले कपडा बैंक बाट आवश्यक कपडा प्रयोग  गर्न सक्ने बताए । उनले खाना र कपडाको  अभाव कसैलाइ पनि नहोस् भन्ने उद्देश्यका साथ लामो समयको अध्ययन पछि कपडा बैंकको स्थापना  गरिएको बताए । आगामी दिनमा बढी भएका खानेकुराको संकलन गरी खाद्यान्न अभाव भएका स्थानमा पुर्याउने व्यवस्था समेत गर्नका लागि तयारी  भैरहेको जानकारी गराए ।

क्लोथ एण्ड फुड बैंक नेपालका सल्लाहकार एवं  टुना तेक्नोलोजिका सिइयो  राजिव गौतमले कपडा बैंकको बारेमा जानकारी गराउँदै संकलन भएको कपडा प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएर मात्र वितरण गरिने भएकाले धेरै लुगा हुनेले जम्मा गर्न र नहुनेले ढुक्क भएर प्रयोग गर्न अनुरोध गरे । कपडा बैंक स्थापनाका लागि किङ्गस क्लव र रामपुर फिटनेश सेन्टरले पनि सहयोग गरेको छ ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कपडा बैंकलाई दिगो रुपमा सञ्चालन गर्नका लागि उद्योगी तथा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए । ढकालले मार्टलाई सफलताको शुभकामना दिए । उपकार सुपरमार्ट प्रा।लि।का अध्यक्ष विष्णु प्रसाद गौतमले व्यवसाय मात्र नहेरी सामाजिक सेवा भावका साथ क्लोथ एण्ड फुड बैंक नेपाल संग समन्वय गरेर क्लोथ  ड्रप बक्स स्थापना गरिएको जानकारी दिए । करिब १०० जना बढी युवाहरुको सक्रियतामा स्थापना भएको मार्टमा दैनिक उपभोगका सामग्री संगै घरायसी उपयोगका सम्पूर्ण सामानहरु एउटै स्थान बाट प्राप्त गर्न सकिने जानकारी गराए ।

सुभारम्भ कार्यक्रमको सञ्चालन उपकार सुपरमार्टका सञ्चालक दिल बहादुर पुलामीले गरेका थिए । कार्यक्रममा सामाजिक युवा अभियन्ता भरत क्षेत्रि लगायत थुप्रै युवा अभियन्ताहरुको समेत उपस्तिथि रहेको थियो ।क्लोथ एण्ड फुड बैंक नेपालले जिल्लामा यस अघि रिब्दीकोट गाउँपालिकाको समन्वयमा कपडा बैंक स्थापना गरिसकेको छ । कार्यक्रममा अविरल वर्षादका विच सयौंको संख्यामा स्थानीयहरुको भिड लागेको थियो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।