ताजा अपडेट »

फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं

सोमबार, २४ असार २०८१, १० : ३४
74 Shares
सोमबार, २४ असार २०८१
74 Shares

काठमाडौं। फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् ।

आइतबार भएको दोस्रो र अन्तिम चरणको निर्वाचनमा नयाँ पपुलर फ्रन्टले १८२ सिटमा अग्रता लिएको छ र आगामी सरकारमा ठूलो भूमिका खेल्ने भएको छ ।  मेलेन्चोनले आगामी प्रधानमन्त्री नयाँ पपुलर फ्रन्टबाट हुने बताए । 

एक साताअघि भएको पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी दल नेशनल र्याली बहुमततर्फ अघि बढेपनि गत आइतबार भएको दोस्रो र अन्तिम चरणमा भने तेस्रो स्थानमा झरेको थियो । राष्ट्रपति म्याक्रोनको केन्द्रवादी गठबन्धन दोस्रो स्थानमा आयो । 

फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ । उता वामपन्थी समर्थकहरुले आइतबार रातिदेखि पेरिसको सडकमा ठूलो संख्यामा विजयी जुलुस निकालेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।