ताजा अपडेट »
कला/मनोरञ्जन

गायिका 'कमला घिमिरे' चलचित्र खेल्दै, “माईली” चलचित्रबाट गर्दैछिन डेब्यू

आइतबार, २३ असार २०८१, २३ : ०६
160 Shares
आइतबार, २३ असार २०८१
160 Shares

काठमाण्डौं । चर्चित गायिका कमला घिमीरे चलचित्र ‘माइली’ मा अनुबन्धित भएकी छिन। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रबाट गायिका घिमीरेले फिल्मी अभिनयमा ‘डेब्यु’ गर्न लागेकी हुन्। 

बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको यस चलचित्रको निर्माण टिमले कमलाको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा कमलालाई मन्द मुस्कानमा देख्न सकिन्छ। पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देखाईइको छ।

चलचित्र बारे बोल्दै कमलाले आफूलाई संगीतमा झैं फिल्ममा पनि दर्शकहरुले माया गरीदिने आशा रहेको बताइन्। ‘दर्शकहरुले मलाई गीत संगीतको क्षेत्रमा दिनु माया गरे जसरी   चलचित्रमा पनि माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।

आज मैले चलचित्र गर्ने अबसर पाएँ, म सम्झिन चाहान्छु मेरा ति सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक श्रोताले धेरै माया गरेर आज यो ठाउँ सम्म पुर्‍याउनुभयो’, उनले भनिन्।

कमला एक समयकी युट्युब र सामाजिक सञ्जालमा निकै भाइरल बालगायिका समेत हुन्। अहिले उनि टिन एजमा प्रवेस गरी सकेकी छन।

सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पनि पीडा देखाइने बताए।  ‘एक दलित महिलाको श्रीमान नहुदा समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ र उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ । यहि समाजले जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने।

चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा रसम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ। असारको अन्तिमबाट छायांकन  थालिने यस चलचित्रको मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायङ्कन गरीने छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।