ताजा अपडेट »

लायन्स क्लब अफ सिद्धार्थनगरको अध्यक्ष अर्जुन पौडेल

आइतबार, २३ असार २०८१, १६ : ४५
66 Shares
आइतबार, २३ असार २०८१
66 Shares

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण र अवार्ड सेरोमोनी (समारोह) तथा डीजी टीम सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा क्लबको वर्ष २०२३/०२४ का अध्यक्ष रवि कुमार श्रेष्ठले वर्ष २०२४/०२५ का अध्यक्ष अर्जुन पौडेललाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै वर्ष २०२३/०२४ का सचिव कुलचन्द्र गौतमले वर्ष २०२४/०२५ का सचिव कमल ज्ञवालीलाई र वर्ष २०२३/०२४ का कोषाध्यक्ष कमल ज्ञवालीले वर्ष २०२४/०२५ का कोषाध्यक्ष रघु प्रसाद खनाललाई पद हस्तान्तरण गरेका थिए । वर्ष २०२४/०२५ का लागि अध्यक्षमा चयन भएका अर्जुन पौडेल विगत लामो समयदेखि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीका प्रबन्ध निर्देशक हुन् ।

त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा धर्मराज आचार्य, द्वितीय उपाध्यक्षमा उमेश थापा, तृतीय उपाध्यक्षमा कुलचन्द्र गौतम, मेम्बरसीप चेयरपर्सन/बिल्डिङ चेयरपर्सनमा प्रेम कुमार सेन्चुरी, क्लब सर्भिस चेयरपर्सनमा आनन्द खनाल, मार्केटिङ एण्ड कम्युनिकेशनमा खगेन्द्र शर्मा, सह-सचिवमा दिनेशमान अमात्य, टेमरमा गोकुल कंडेल, पीआरओमा कृष्ण अधिकारी, लियो एडभाइजरमा रमेश घिमिरे र नोमिनेशन चेयरपर्सनमा चन्द्र बहादुर थापा रहेका छन् । त्यस्तै क्लबको निर्देशक (डाईरेक्टर) मा जगत खरेल, विनोद मिश्रा, मधु प्रसाद पन्थी, गंगासागर अग्रहरी, राजु न्यौपाने, प्रेम बेल्बासे, गोविन्द ज्ञवाली, प्रकाश पौडेल, टीकाराम भट्टराई र हरि ज्ञवाली रहेको नोमिनेशन चेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा वर्ष २०२४/०२५ का अध्यक्ष पौडेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । उनले सन् १९८६ मा स्थापना भएको लायन्स क्लब अफ सिद्धार्थनगर गौरवपूर्ण इतिहास बोकेको क्लब भएको बताए । उनले आफू १० वर्ष अघि सदस्यको रुपमा क्लबमा प्रवेश गरेको जानकारी दिए । त्यस्तै वर्ष २०२३/०२४ का अध्यक्ष तथा क्लबका निवर्तमान अध्यक्ष रवि कुमार श्रेष्ठले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गरी कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिए । उनले लायन्स डिष्ट्रिकले अंगीकार गरेका क्षेत्रहरु अनुसार वार्षिक कार्ययोजना बनाएर कार्यक्रमहरु गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपाल वर्ष २०२४/२०२५ का डिष्ट्रिक गभर्नर (डीजी) पुरुषोत्तम भक्त प्रधानाङ्गले अब नयाँ तरिकाले काम गर्न जरुरी रहेको बताए । उनले भने, ‘लायन्सले सामाजिक कार्यसँगै अब उद्यमशीलताको बारेमा सोचेको छ ।’ उनले एउटा क्लबले कम्तीमा पाँचजनालाई उद्यमी बनाउन सक्नु पनि सामाजिक कार्य भएको बताए ।

त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले एउटा संस्थालाई बलियो बनाउन हरेक क्षेत्रको प्रतिनिधित्व हुन जरुरी रहेको बताए । उनले भने, ‘लायन्स क्लब अफ सिद्धार्थनगरले धेरै क्लबहरु जन्माएको छ ।’ पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्सले काममा विश्वास गर्दै आएको बताए । उनले वर्ष २०२४/०२५ मा एरिया-५ ले इतिहास रच्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगरका सल्लाहकार ठाकुर कुमार श्रेष्ठले भैरहवामा भएका सबै लायन्स क्लबहरु मिलेर मेगा प्रोजेक्ट सञ्चालन गर्नुपर्ने बताए । लायन्स ग्याट टीम कोर्डिनेटर मीना पन्थीले ३९ वर्षको दौरानमा लायन्स क्लब अफ सिद्धार्थनगरले गरेको काम सराहनीय रहेको बताइन् । लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष तथा डिष्ट्रिक एडभाइजर नेत्र प्रसाद आचार्यले सेवा गर्दा सम्मान खोज्न नहुने बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष पार्वती अधिकारीले लायन्स सिद्धार्थनगरको नयाँ टीमले अझ रचनात्मक काम गर्ने विश्वास व्यक्त गरिन् । लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२४/०२५ का प्रथम उपाध्यक्ष धर्मराज आचार्यले यस क्षेत्रको पुरानो तथा इतिहास बोकेको लायन्स सिद्धार्थनगरले सामाजिक कार्यसँगै विपद् तथा महामारीमा उपस्थिति जनाउँदै सहयोग गर्दै आएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।