ताजा अपडेट »

राप्ती नदिमा बेपत्ता दुवै जनाको शव फेला

आइतबार, २३ असार २०८१, १४ : २४
88 Shares
आइतबार, २३ असार २०८१
88 Shares

दाङ । अविरल वर्षाको कारण राप्ती नदिमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षिय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी दुध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करीव ९: ३० बजे सो नदिले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षिय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।