ताजा अपडेट »

साइकलमा आएका एक पुरुष नारायणीमा हामफाले, खोजी कार्य जारी

आइतबार, २३ असार २०८१, १३ : ३०
0.94K Shares
आइतबार, २३ असार २०८१
0.94K Shares

चितवन । नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन्। आइतबार बिहान १०ः४० बजे तिरको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले विपत् व्यवस्थापन सहितको प्रहरी टोली खटिइ उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

गुलाबी रंगको साइकलमा आएका उनले सेतो चप्पल साइकलमै छोडेर हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।