ताजा अपडेट »

कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा

आइतबार, २३ असार २०८१, १३ : २३
122 Shares
आइतबार, २३ असार २०८१
122 Shares

काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना, क्यानडा, उरुग्वे र कोलम्बिया सेमिफाइनलमा पुगेका छन् ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने क्यानडाले भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै कोलोम्बियाले पानामालाई क्वाटरफाइनलमा ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलोम्बिया खेल्दै छन् । पहिलो सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच बुधबार बिहान हुदै छ भने दोस्रो सेमिफाइनल खेल विहिबार बिहान उरुग्वे र कोलोम्बियाबीच हुदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।