ताजा अपडेट »

लायन्स क्लब अफ भैरहवा लिगेसीको अध्यक्षमा राजन शुक्ला

आइतबार, २३ असार २०८१, १३ : ०५
54 Shares
आइतबार, २३ असार २०८१
54 Shares

भैरहवा । लायन्स क्लब अफ भैरहवा लिगेसीको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भैरहवामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले वर्ष २०२४/०२५ का अध्यक्ष राजन शुक्लालाई पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै क्लबका संस्थापक सचिव नारायण प्रसाद कोइरालाले वर्ष २०२४/०२५ का सचिव गोविन्द उपाध्यायलाई र वर्ष २०२३/०२४ का कोषाध्यक्ष सन्दिप कुमार अग्रहरीले वर्ष २०२४/०२५ का कोषाध्यक्ष ललित किशोर गुप्तालाई पद हस्तान्तरण गरेका थिए । क्लबको वर्ष २०२४/०२५ को प्रथम उपाध्यक्षमा विनित उपाध्याय, द्वितीय उपाध्यक्षमा नारायण प्रसाद कोइराला, तृतीय उपाध्यक्षमा संजीव कुर्मी, मेम्बरसीप चेयरपर्सनमा सन्दिप कुमार अग्रहरी, एलसीआईएफ कोर्डिनेटरमा आकाश चौधरी, सर्भिस चेयरपर्सनमा गणेश न्यौपाने, मार्केटिङ चेयरपर्सनमा हृदयराम गुप्ता, टेल टवीष्टरमा कन्हैया प्रसाद कलवार र पीआरओमा रबिन्द्र प्रताप गुप्ता रहेका छन् ।

त्यस्तै सह-सचिवमा राजेन्द्र केवट, सह-कोषाध्यक्षमा राम नारायण ठाकुर, वातावरण संयोजकमा गोपाल जयसवाल, स्वास्थ्य संयोेजकमा शैलेश उपाध्याय, टेमरमा समरनाथ पाण्डे, निर्देशकमा रामदेव गुप्ता, अख्तर हुसेन, सदस्यमा दीपक सापकोटा, डा. आशुतोष शुक्ला, हिना तिवारी, अवनिश त्रिपाठी तथा मानार्थ सदस्यमा उमाशंकर पाठक र मुक्तिनाथ यादव रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर अरुण कुमार मिश्राले दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘पैसा कमाउनु र धनी बन्नु मात्र ठूलो कुरा होइन । सोच ठूलो राख्नुपर्छ । आफूले कमाएको पैसामध्ये केही रकम आफूभन्दा कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ । यो महत्वपूर्ण कार्य हो ’

त्यस्तै डिष्ट्रिक डेपुटी सेक्रेटरी गोविन्द प्रसाद गिरीले लायन्स क्लब अफ भैरहवा लिगेसीको भविष्य उज्जवल रहेको बताए । उनले विभिन्न विपद् र महामारीमा लायन्स क्लबले सहयोग गरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले टीमवर्कले क्लब यहाँसम्म आइपुगेको भन्दै क्लबको गरिमा अझ उच्च बनाउने बताए ।

क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष राजन शुक्लाले लायन्सको थिम अनुसार वातावरण, युथ, मधुमेह, बाल क्यान्सर र आँखा क्षेत्रमा गरिने महत्वपूर्ण कार्यक्रमहरु वार्षिक कार्ययोजनामा समावेश गरेको बताए । क्लबका सल्लाहकार श्रवण पाण्डेयले क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई अघि बढाउने विश्वास व्यक्त गरे । क्लबका मानार्थ सदस्य उमाशंकर पाठक, संस्थापक सचिव नारायण प्रसाद कोइरालाले क्लबले छोटो समयमै आफ्नो पहिचान स्थापित गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।