ताजा अपडेट »

राप्ती नदीको बाढीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला

आइतबार, २३ असार २०८१, ११ : ११
198 Shares
आइतबार, २३ असार २०८१
198 Shares

दाङ । शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका एक युवक मृतअवस्थामा फेला परेका छन् । । शनिबार लमहीबाट दुध बेचेर फर्किएका राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव हस्नापुर घाटबाट बगेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार बेपत्ता यादवको शव आज बिहान फेला परेको जानकारी दिएका छन् । यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको प्रहरीले जानकारी दिएको छ। यादवसंगै बाढीमा फसेका दुईजना युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।