ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक आज बस्दै

आइतबार, २३ असार २०८१, ०८ : २५
26 Shares
आइतबार, २३ असार २०८१
26 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको 'विनियोजन विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले 'पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०' पेस गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८०' पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।