ताजा अपडेट »

युरोकपको सेमिफाइनलको समीकरण पूरा

आइतबार, २३ असार २०८१, ०८ : २२
70 Shares
आइतबार, २३ असार २०८१
70 Shares

काठमाडौं । जारी युरोकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । गएराती क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै इङल्याण्डले पेनाल्टी सुट आउटमा स्वीजरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने नेदरल्याण्डसले टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।    

अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्डस खेल्ने छन् । अब सेमिफाइनलका खेल जुलाई १० र ११ मा हुने छन् भने युरोकपको फाइनल खेल जुलाई १५ मा हुने छ । सेमिफाइनल र फाइनल खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुने छन् ।
       

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।