ताजा अपडेट »
कला/मनाेरञ्जन

रामकृष्ण ढकालकाे नया गीत ‘मायाको घर’ सार्वजनिक, गीतमा बाबु छाेरीकाे कथा (भिडियो )

आइतबार, २३ असार २०८१, ०६ : ३८
150 Shares
आइतबार, २३ असार २०८१
150 Shares

काठमाडौँ । गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच गीतको भिडियो सार्वजनिक गरिएको हो । 

भिडीयो सार्वजनिक कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकद्वय यम बराल तथा हेमन्त शर्माको समुपस्थितिमा सार्वजनिक गरिएको हो ।गाएक ढकालको स्वर रहेको गीतमा गोविन्द कँडेल ‘आँसु’ का शब्द तथा  हरि लम्सालको सङ्गीत रहेको छ । 

सार्वजनिक भिडीयोमा बाबु छोरीको कथा बुनिएको छ । भिडियोमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीको अभिनय रहेको छ। गितमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिका निर्वाह गरेका छन् । भिडियोलाई नव निर्देशक स्वीकृति सापकोटाले निर्देशन गरेकी हुन् । 

कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले  ढकाल नारायणगोपाल पछिको राम्रा गायक भएको बताए । उनले गायक ढकालका गीतहरु पहिले देखिनै मनपर्दै आएको बताउँदै यो गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गरे । 

गायक ढकालले भिडियोको कथा कहीँकतै आफ्नो नजिकमा मेल खाने बताए । उनले यो कथा  धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए । 

भिडियोमा सुशील खनालको छायाङ्कन र सम्पादन रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।