ताजा अपडेट »

भारतको मेघालयमा ४ नेपालीको घाँटी रेटी विभत्स हत्या

शनिबार, २२ असार २०८१, २१ : ४४
552 Shares
शनिबार, २२ असार २०८१
552 Shares

काठमाडौं । भारतको मेघालयमा ४ नेपालीको घाँटी रेटी विभत्स हत्या गरिएको समाचार सार्वजनिक भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् ।

मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव भेला परेको समाचारमा उल्लेख छ । भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।