ताजा अपडेट »

लमहीमा बाढी अवलोकन गर्न गएका मेयर सवार गाडी खोलामा भासियो

शनिबार, २२ असार २०८१, २१ : ०७
266 Shares
शनिबार, २२ असार २०८१
266 Shares

बुटवल । दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासिएको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो ।

लमही नगरपालिका( ९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँमा पुगेको थियो । त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो भासिएको हो ।

गाडीमा सवार सबै सकुशल रहेको नगरपालिकाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।