ताजा अपडेट »

पहिलो टी- २० मा भारतमाथि जिम्बाबेको शानदार जित

शनिबार, २२ असार २०८१, २१ : ०२
342 Shares
शनिबार, २२ असार २०८१
342 Shares

काठमाडौं । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न टी- २० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो । जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछाएको भारतले १९.५ ओभरमा अल आउट हुदै १०२ रन मात्र बनाएको थियो ।

भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए । त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै भारतीय ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३-३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो । जिम्बाबेका लागि क्लिभ मडान्डेले सर्बाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर रवि बिस्नोईले सर्बाधिक ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए । यो जितपछि ५ खेलको सिरिजमा जिम्बाबे १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
                 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।