ताजा अपडेट »

एशिया कप खेल्ने महिला क्रिकेट टिमलाई बिदाई

शनिबार, २२ असार २०८१, १९ : ४०
94 Shares
शनिबार, २२ असार २०८१
94 Shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीलाई बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङर क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका हुन् ।  

महिला एशिया कपमा जुलाई १९ देखि हुने यस प्रतियोगितामा नेपाल भारत, पाकिस्तान र युएईसहित समुह ए मा रहेको छ । एशिया कप अघि नेपाली महिला टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट टिमसँग जुलाई १६ मा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । एशिया कप खेल्न इन्दु बर्माको कप्तानीमा १५ खेलाडी छानिएको छ । जसमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।