ताजा अपडेट »

प्रचण्डलाई विश्वासको मत दिने/नदिने बारे छलफल गर्न रास्वपाको बैठक भोली बस्ने

शनिबार, २२ असार २०८१, १६ : ५७
106 Shares
शनिबार, २२ असार २०८१
106 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोली आइतबार बिहान साढे नौ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी रहेको रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन संसदीय दलको बैठक बोलाएको हो ।

यसअघि एमालेले समर्थन फिर्ता लिएपछि रास्वपाका मन्त्रीहरू राजीनामापत्र बोकेर बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि उनीहरूले राजीनामा बुझाएका थिएनन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत माग्ने भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।