ताजा अपडेट »

लुम्बिनी प्रदेशका मन्त्रालय परिसर बाढी पसेर जलमग्न

शनिबार, २२ असार २०८१, १३ : १४
4.91K Shares
शनिबार, २२ असार २०८१
4.91K Shares

बुटवल । लुम्बिनीको प्रदेश राजधानी दाङ देउखुरीमा रहेका मन्त्रालय परिसर बाढीले जलमग्न भएको छ । गएरातीदेखि परेकाे भिषण वर्षापछि आएकाे बाढी मन्त्रालय परिसरमा पसेको हो ।

लगातारको वर्षाका कारण दाङकाे देउखुरीका बस्ती डुबानमा पर्न थालेका छन् । ढल निकास अबरुद्ध हुँदा मन्त्रालय जलमग्न भएको छ । हरेक वर्षको वर्षायाममा लुम्बिनी प्रदेशका मन्त्रालय भवनहरु बाढी पसेर जलमग्न हुने समस्या अझै हटेको छैन ।

राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतका गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।