ताजा अपडेट »

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

शनिबार, २२ असार २०८१, ११ : ५६
102 Shares
शनिबार, २२ असार २०८१
102 Shares

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाउने पक्का भएको छ ।

मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा (माओवादी केन्द्र) का ९, नेकपा ९एकीकृत समाजवादी० का ७ तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेशसभा सदस्य छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।