ताजा अपडेट »

निरन्तरको वर्षाले बाढी र पहिरो : लुम्बिनीका सडकहरुको अवस्था के छ ?

शनिबार, २२ असार २०८१, १० : ४६
3.09K Shares
शनिबार, २२ असार २०८१
3.09K Shares

बुटवल । गएरातीदेखि परेका वर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याउनुका साथै सडकहरु अवरुद्ध भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनीका मुख्य सडकहरु आंशिक अवरोध भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा सडक अबरुद्ध हुने र खुल्ने क्रम जारी छ । उक्त सडकमा हाल आवागमन सुरुचारु रहेको छ । सिद्धार्थ राजमार्ग अन्तरत बुटवल पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रमा झरेको पहिरो पन्छाएपछि एकतर्फी बाटो सुचारु भएको छ भने पूर्ण रुपमा सञ्चालनका लागि पहिरो हटाउने काम भैरहेको छ ।

यसैगरी गुल्मीको रिडी तम्घस सडक पहिरोले अवरुद्ध भई खुलाउने कार्य भैरहेको छ । पूर्वी रुकुमको मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ । रुकुमकोटदेखि बाग्लुङ, पोखराहुँदै काठमाडौं जाने बाटो पहिरोले अवरुद्ध भएको हो । यसैगरी रुककोट र रुकम जोड्ने सडक पनि पहिरोले अवरुद्ध छ । सिस्ने गाउँपालिका ६ र भुमे गाउँपालिका १ मा गएको पहिरोले उक्त सडक दुई ठाउँमा अवरुद्ध भएको हो । गोरुसिङ्गे–सन्धिखर्क सडक भने हाल सूचारु रहेको छ ।

दाङको घोराही–तुलसीपुर सडक आंसिक रुपमा सुचारु भएको छ । लुम्बिनीका पहाडी जिल्लाहरुका विभिन्न भित्री सडकहरु पहिरोका कारण अवरुद्ध भएको ट्राफिक व्यवस्था कार्यालय बुटवलले जनाएको छ । निरन्तरको वर्षाले बाढी पहिरो आउने क्रम भइरहेका यात्रा गर्दा सुरक्षा र सचेतना अपनाउन आग्रह गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।