ताजा अपडेट »

घोराही-तुलसीपुर सडक खण्डमा पहिरोले डाइभर्सन बगाउँदा आवत-जावत ठप्प

शनिबार, २२ असार २०८१, ०९ : ४५
116 Shares
शनिबार, २२ असार २०८१
116 Shares

दाङ । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत सेवारखोलामा बनाईएको डाइभर्सन बगेको छ । नियमितको वर्षादले गर्दा आएको बाढीले शनिबार विहान डाइभर्सन बगाएको हो ।  डाइभर्सन बगाउँदा आवतजावतमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरि बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुमा अनुरोध गरेको छ ।

सेवारखोलामा हाल पुल निर्माणको अधुरो रहेकाले पनि सोही ठाउँमा आवाजतजावतमा निकै समस्या हुने गरेको छ। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम अधुरो छ । जुन खोलामा पुल नहुँदा यात्रुहरुले बर्षेनी सास्ती भोग्नु परेको छ । अनुसार २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८० साल वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँसँग पुल निर्माणकालागि सम्झौता भएको हो ।

घोराही–तुलसीपुर सडक खण्डको अधिकांश खोलामा पुल बनिसकेका छन् । अब भने सेवार खोला र हापुर खोलमा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण भइरहेकाले अब भने हापुर खोलामा पुल निर्माणकालागि प्रक्रिया अगाडी बढाउनुपर्ने यात्रुहरुको माग छ । तुलसीपुर–लमही सडक खण्ड अन्तर्गत कटुवा खोला, सेवार खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला, सक्राम खोलामा भने पुल निर्माण भइसकेका छन् । यस अघि सडकबीचका कुनै पनि खोलामा पुल नहुँदा आवतजावतमा निकै समस्या हुने गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।