ताजा अपडेट »

पहिरोले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

शनिबार, २२ असार २०८१, ०९ : ०३
272 Shares
शनिबार, २२ असार २०८१
272 Shares

बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।  सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बिच बाटोमै राखिएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

तर पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले  जनाएको  छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।