आज बि.सं.२०८१ असार २२ गते शनिबार, ई.सं.२०२४ जुलाई ०६ तारीख, नेपाल सम्बत ११४४ दिल्लाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, व्याघात योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५७ मिनेट देखि ०८ बजेर ४१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तर्राष्ट्रिय सहकारी दिवस रहेको छ ।
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
प्रतिक्रिया