ताजा अपडेट »

तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमा छोरा घाइते

शुक्रबार, २१ असार २०८१, १७ : ००
3.21K Shares
शुक्रबार, २१ असार २०८१
3.21K Shares

बुटवल । आज दिउँसो करिव २ बजेतिर तिलोत्तमा नगरपालीका वडा न.३ जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा  लु २ ख ६८८८ नम्बरको बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा आमाछोरा गम्भीर घाइते भएका छन्। जिल्ला गुल्मी दरबार गा.पा ६ घर भई हाल तिलोत्तमा-२ शंकनगर स्थित डेरा गरी बस्ने ३० वर्षीया रुपा खत्री र उनको छोरा ३ वर्षीय प्रिन्स खत्रीलाई ठक्कर दिँदा दुवै जना घाईते भएका हुन्। 

घाइते भएकी रुपा खत्रीलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको टाउको र शरिरमा चोटलागेको उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। त्यस्तै छोरा प्रिन्सको टाउकोमा चोट लागि उपचारको लागि चौराहा अस्पताल बुटवल पठाईएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धानका लागि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।