ताजा अपडेट »

रुपन्देहीमा सुनचाँदीका गरगहनासहित १ जना पक्राउ

शुक्रबार, २१ असार २०८१, १६ : २३
190 Shares
शुक्रबार, २१ असार २०८१
190 Shares

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका ७ स्थित लठ्टाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रहरीले सुनारको साथबाट ७ तोला १० लाल ७ प्वाइन्ट सुन, ८ केजी ५ सय १ ग्राम चाँदीका गरगहना र ३४ ग्राम सुन जस्तो पहेलो धातुबाट बनेका गरगहनासहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले विहिवार साँझ युपि ५६ एडि ८०३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको उक्त गरगहना फेला पारी मोटरसाइकलमा सवार सुनारलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।