ताजा अपडेट »

बुटवलको संगमपथमा दुई पसलमा आगलागि: एक करोड चालिस लाख बढीको क्षती

शुक्रबार, २१ असार २०८१, १५ : ४८
5.60K Shares
शुक्रबार, २१ असार २०८१
5.60K Shares

बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागि भएको छ । संगमपथ स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागिबाट १ करोड ४० लाख भन्दा बढीको क्षती भएको जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख बढीको क्षती भएको छ । त्यस्तै ज्ञवाली गिफ्ट पसलको ३० लाख बढी क्षेती भएको छ । राती करिव २ बजेको समयमा ज्ञवाली गिफ्ट पसलबाट सुरु भएको आगलागिका कारण संगै रहेको जी फेन्सी स्टोर समेत जलर पुर्णरुपमा क्षेती भएको छ । 

तत्काल स्थानीय, प्रहरी तथा बुटवल उपमहानगरपालिकाको दमकलको सहायताले करिव २ घटामा आगो नियन्त्रणमा लिईएको भएपनि आगलागि भएको दुई पसलमा पूर्ण रुपमा क्षती भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए। 

के कती कारणले आगलागि भयो यकिन नभएपनि विद्युत सर्किट सट भएको हुनसक्ने अनुमान गरिएको छ । पसलमा भएको आगलागि नियन्त्रण हुन नसकेको भए त्यसबाट ठूलो क्षती व्यहोर्नुपर्ने स्थानीय समेत रहनुभएका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए। 

संघमा अध्ययन समिति गठन

संघको भवनमा रहेका पसलमा आगलागि भएपछि आकस्मिक रुपमा बसेको संघका पूर्वअध्यक्ष सहितको कार्यसमिति बैठकले आगलागिका सम्वन्धमा अध्ययन समिति गठन गरिएको छ । 

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगलागिको विषयमा अध्ययन गरी राय सुझाव दिनको लागि वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहेका छन् । 

त्यस्तैगरी आगलागि भएका सटरलाई मर्मत सम्भार गरी तत्काल ती व्यवसायलाई पुनःस्थापित गर्ने वातावरण मिलाउन संघका महाससचिव मुक्तिप्रसाद अधिकारीको संयोजकत्वमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र सचिव प्रतिक पोखरेल सदस्य रहेको समिति गठन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।