ताजा अपडेट »

सहकारी ठगिको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

शुक्रबार, २१ असार २०८१, १४ : १९
74 Shares
शुक्रबार, २१ असार २०८१
74 Shares

 

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।

शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा छलफल गरेको हो  ।

यस अघि समितिले विहिबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक  कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।