ताजा अपडेट »

यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : नेपाल

शुक्रबार, २१ असार २०८१, १२ : १९
78 Shares
शुक्रबार, २१ असार २०८१
78 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन् । शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौं । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ ।’ अध्यक्ष नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

राष्ट्रिय महत्वको, सरोकारको विषयमा व्यापक छलफल गरेर अगाडी बढ्नु पर्नेमा दुई दलले मात्र खुसुक्क सहमति गर्नु आपत्तिजनक रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।