ताजा अपडेट »

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

शुक्रबार, २१ असार २०८१, ११ : २५
64 Shares
शुक्रबार, २१ असार २०८१
64 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ । यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।