बुटवल । बुटवलको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि १ हजार जनाले एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) सेवा लिएका छन् ।
अस्पतालले ०७३ चैत २३ गते क्याथ ल्यावको अनुमती पाएको थियो । ०७४ बैशाख १३ गते सुनवलका रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी गरेर सेवा सुरु गरेकोमा ०८० असार २० गते समरीमाई गाउंपालिकाका तोरी पेलीको एन्जियोप्लाष्टी गरे संगै अस्पतालबाट १ हजार जनाले एन्जियोप्लाष्टी सेवा लिएका हुन ।
अस्पतालका अध्यक्ष एजाज आलमले विरामीको विश्वास र अस्पतालको व्यवहारकै कारण अस्पतालमा सवैको विश्वास बढ्दै गएको बताए । विगतका बर्षमा एन्जियोप्लाष्टी गर्नकै लागि काठमाडौं जानुपर्ने बाध्यता रहेको र कतिपय अवस्थामा विरामीको बाटोमै मृत्यु हुने गरेको भन्दै मुटु अस्पतालले सुरु गरेको एन्जियोप्लाष्टी सेवाबाट धेरै लाभाम्बित भएको बताए ।
एन्जियोप्लाष्टी गर्नुपर्ने विरामीको संख्या बढ्नु दुःखद् भएपनि विरामी भएपछि दिने सेवामा मुटु अस्पतालको विश्वास बढ्दै गएको उनंको भनाई छ । उनले सिमित श्रोत र साधनको प्रयोगबाट सांघुरो क्षेत्रबाट सेवा प्रदान गर्नुपरेको बताउंदै अस्पतालको जग्गा प्राप्ती प्रक्रियामै रहेको र जग्गा प्राप्त पछि विशिष्टकृत सेवा थप गर्दै लैजाने प्रतिबद्धता समेत जनाए ।
अस्पतालका निर्देशक डा। समिर गौतमले मुटुको भल्व खुलाउने, मुटुको प्वाल बन्द गर्ने जस्ता सेवाहरु थप गर्ने योजनामा अस्पताल रहेको बताए ।
अस्पतालको आफ्नै भवन भएपछि उक्त सेवाहरु थप हुने उनंको भनाई छ ।साथै उहांले रोग लाग्नबाट बचाउन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय स्तरमा चेकजांच गर्ने गरेको बताए । डा। गौतमले हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने बताए ।
प्रतिक्रिया