ताजा अपडेट »
बजेट प्रभाव

नया बजेटपछि ५ ब्राण्डका यी मोटरसाइकल र स्कुटरमा बढ्यो मूल्य

शुक्रबार, २१ असार २०८१, ०६ : ००
84 Shares
शुक्रबार, २१ असार २०८१
84 Shares

काठमाडौं– नेपालमा बिक्री हुने ५ ठूला टु–ह्विलर ब्राण्डले आफ्नो मोटारसाइकल र स्कुटरमा मूल्य बृद्धि गरेका छन् । गत जेठ १५ गते बजेट आएसंगै होन्डा, बजाज, टिभिएस, हिरो र यामाहाले मूल्य समायोजन गरेका हुन् ।

 भन्सार महशुलमा दिँइदै आएको ३ देखी ५ प्रतिशतसम्म छुटलाई बजेटमार्फत हटाइएपछि मोटरसाइकलको पनि मूल्य बृद्धि हुने ब्यवासायीले बताउँदै आएका थिए । सोही कारण यसपटक मूल्य बृद्धि भएको अनुमान गर्न सकिन्छ ।

बजेट आएछि सबैभन्दा पहिला होन्डा मोटरसाइकलमा मूल्य समायोजन गरी बढाइएको थियो । होन्डा मोटरसाइकल बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्नो सबैजसो मोडलमा २ देखी ५ हजारसम्म मूल्य बृद्धि गरेको हो । होन्डापछि बजाजले पनि आफ्नो धेरैजसो मोडलमा न्यूनतम ३ देखी अधिकतम ५ हजारसम्म मूल्य बृद्धि गरेको छ ।

त्यसतै, टिभिएसले चारवटा मोडलका मोटरसाइकल र एनटर्क स्कुटरको तीनवटा भेरिएन्टमा मूल्य बृद्धि गरेको छ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले रोनिनमा सबैभन्दा धेरै १० हजार, अपाचे आरटिआर १६० फोरभी स्पेशल एडिसनमा ८ हजार, रेडर १२५ मा ४ हजार र आरटिआर १६० फोर भी रिफ्रेस एफडीमा ७ हजार रुपैयाँ मुल्य बढाएको हो । 

स्कुटरतर्फ कम्पनीले एनटर्क १२५ एक्सपीमा ३ हजार तथा ड्रम र आरटीएफआईमा २ हजारका दरले बृद्धि गरेको छ ।

हिरो मोटरसाइकल तथा स्कुटर बिक्रेता सिजी मोटर्सले एक्सपल्स २०० फोर भीमा ५ हजार, सुपर स्प्लेन्डर तथा स्प्लेन्डर प्लसमा ३ हजार र जुम स्कुटरमा पनि ३ हजार रुपैयाँ नै बढाएको छ ।

यसैगरी, यामाहाले आर १५ एम, एमटी १५, एफजेडएस एफआई भी टुमा क्रमशः २० हजार, १५ हजार र ९ हजार रुपैयँका दरले मूल्य बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।