ताजा अपडेट »
अटोमोबाईल

शुन्य प्रतिशत ब्याजदरमा हुन्डाईको 'कोना ईभी' खरिद गर्न सकिने

विहीबार, २० असार २०८१, २२ : ४७
402 Shares
विहीबार, २० असार २०८१
402 Shares

काठमाडौं । नेपालमा सर्वाधिक रुचाईएको अटोमोबाईल ब्रान्ड हुन्डाईको विद्युतीय गाडी कोना किन्दा अब शून्य प्रतिशत ब्याजदरमा कर्जा लिन पाइने भएको छ । लक्ष्मी समुह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी खरिदमा यस्तो ब्याजदर योजना सार्वजनिक गरेको हो । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल रहेको छ ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता अनुसार ल्याइएको यस योजनामा इच्छुक ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत डाउनपेमेन्ट गरी पाँच वर्षको लागि हुन्डाई कोना खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।हुन्डाई कोना अहिले कोना जीएल तथा जीएलएस भेरियन्ट गरी दुई भेरियन्टमा उपलब्ध छ ।

Hyundai_KONA_GL_ZaYlOZsmk9

कोना जीएलको मूल्य रु। ५९ लाख ९६ हजार रुपैयाँ र जीएलएस भेरियन्टको मूल्य रु. ६४ लाख ९६ लाख हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढि दिने कम्पनीको भनाइ छ ।

कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । यसमा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ ।

kona2

नेपालमा हुन्डाईका गाडीको अधिकारीक बितरक रहेको लक्ष्मी ईनटरकन्टीनेनटल प्रा.लि.को माउ कम्पनी लक्ष्मी समुह अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले लुम्बिनी प्रदेशको नवलपरासीमा अत्याधुनिक प्लान्ट मार्फत नेपालमा हुन्डाईको पेट्रोल भेरीएनट “कोना“ गाडी एसेम्बललीङ गरी उत्पादन थालेको छ । चाडैने कम्पनीले अन्य ब्राण्डसंगै कोनाकै विद्युतिय गाडीहरु पनि नेपालमै एसेम्बललीङ गर्ने योजनामा रहेको बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।