ताजा अपडेट »

एसइईमा मौका परीक्षा दिने विद्यार्थीलाई केपी ओलीको अनलाइन कक्षा

विहीबार, २० असार २०८१, १६ : ३२
328 Shares
विहीबार, २० असार २०८१
328 Shares

बुटवल । एसइईमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराए ।

एसइई परीक्षमा उत्तीर्ण विद्यालाई सम्मान गर्न विहिबार बुटवलमा आयोजित कार्यक्रमा बोल्दै उनले आत्मविश्वासकासाथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे । अध्यक्ष ओलीको आफ्नै फेसबुकमा गएर सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरिएको हो । अनलाइन कक्षामा गणित, विज्ञान, सामाजिक शिक्षा, ऐच्छिक गणित र लेखा विषयका दक्ष शिक्षकहरुबाट अध्यापन गराइने जानकारी गराए । अध्यक्ष ओलीले आफ्नो फेसबुक वा ९८४१८९७६१३ नम्बरमा फोन गरेर आवश्यक जानकारी लिन विद्यार्थीलाई आग्रह गरेका छन् ।

अनेरास्ववियू रुपन्देहीले जिल्लामा ४ जीपीए ल्याउने २ जना विद्यार्थीसहित ३ दशमलव ६ जीपीय ल्याउने १०२८ विद्यार्थीलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमता अनुसार अघि बढ्न आग्रह गरे । हरेक मानिसमा फरक फरक क्षमता हुने बताउँदै उनले आफ्नो क्षमता पहिचान गरेर अघि बढ्नु पर्ने विद्यार्थीहरुलाई सुझाब दिए । आफ्नो लक्ष्य प्राप्तिका लागि सधै इमान्दार भएर लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले जीवनमा कहिल्यई पनि घमण्ड गर्न नहुने सुझाब दिए । घमण्डले ज्ञान हासिल गर्ने कुरा वा सफलतालाई छेकेर राख्ने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।