ताजा अपडेट »

निर्वाचन आयोगका आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो

विहीबार, २० असार २०८१, १४ : १३
66 Shares
विहीबार, २० असार २०८१
66 Shares

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।

विहिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाई शुक्रबारका लागि तय गरिएको थियो ।प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी  छलफल गरिएको थियो । प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेको बुझिएको छ ।

असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।