ताजा अपडेट »

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

विहीबार, २० असार २०८१, १३ : ०३
74 Shares
विहीबार, २० असार २०८१
74 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् । डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।

उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफुले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् । यस अघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा  डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारवाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।

बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।
    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।