ताजा अपडेट »

जन्मदिनमा वृक्षारोपण र आश्रमलाई सहयोग

विहीबार, २० असार २०८१, ११ : ५२
30 Shares
विहीबार, २० असार २०८१
30 Shares

तिलोत्तमा । जन्मदिन साथी भाइलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ निबासी मोहन चापागाईंले रचनात्मक काम गरेर जन्म दिन मनाएका छन् ।

प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी विभागीय इन्चार्ज रहेका चापागाईले आफ्नो जन्मदिन मनकारी कामका लागि उपयोग गरेका हुन् । उनले जन्म दिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग प्रदान गरेका छन् । रक्तसञ्चार केन्द्र बुटवलमा पुगेर रक्तदान गरेका छन् ।

अघिल्ला वर्षहरुका जन्मदिन उनले कहिले वृक्षारोपण गरेर त कहिले यस्तै आर्थिक सहयोग गरेर मनाउने गरेका थिए । यसपल्ट उनले रामचन्द्र मैनादेवी अनाथ आश्रम मणिग्राममा आर्थिक सहयोग गरेका हुन् । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबर २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै उनले रक्तसञ्चार केन्द्र बुटवलमा गई रक्तदान समेत गरेका छन् । आफूले हरेक वर्षको जन्मदिन यसैगरी मनाउने योजना बनाएको उनले बताए । जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो कार्य गरेको चापागाईंले बताए । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।