ताजा अपडेट »

कृषि प्राविधिकहरूले दिए सिंहदरबारमा धर्ना

बुधबार, १९ असार २०८१, २२ : २०
218 Shares
बुधबार, १९ असार २०८१
218 Shares

काठमाणडाै । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन्। बुधवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन्।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए। उनले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए।

जोशीले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको गुनासो गरे।

उनले भने, ‘हामीलाई अवसर के दिइएको थियो भन्दा संघमा समायोजन हुने की प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो। त्यो अवसर अनुसार हामीले संघ रोज्यौँ। संघमा संख्या १० र समायोजन २० गरेजसरी  बढी संख्यामा समायोजन गरेको थियो। त्यो समायोजन मिलाउनुको सट्टा अहिले ६ वर्ष भइसक्यो। हाम्रो वृद्धि विकास पूरै ठप्प भयो।’

उनले सबै अधिकृतहरुले हाजिरी नगरेको र सबै अधिकृतहरु बिदामा बसेको पनि बताए। राजपत्राङ्कित कर्मचारी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।