ताजा अपडेट »

२०८० एसईई नतीजा समीक्षा

बुधबार, १९ असार २०८१, १५ : ३४
290 Shares
बुधबार, १९ असार २०८१
290 Shares

पाल्पा । पूर्वखोला गाउँपालिका भौगोलिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण  पालिका हो । ‘शिक्षा,स्वस्थ कृषि र पर्यटनसहितको पूर्वाधारः पूर्वखोला गाउँपालिका विकासको आधार’ गाउँपालिकाको  नारा हो । गाउँपालिका  भित्र ६ वटा वडामा ७ वटा माध्यमिक विद्यालयसहित ३७ वटा सामुदायिक विद्यालयहरु  छन्।

पालिकाभित्र प्रत्येक वडामा १र१ वटा माध्यमिक विद्यालय भएपनि, वडा नं। २ जल्पामा २ माध्यमिक विद्यालय  रहेका छन्।  शैक्षिक सत्र २०८० को एसईईको राष्ट्रिय  नतीजा  कमजोर देखाई रहेको अवस्थामा यहाँको नतीजा पनि सोचेजस्तो छैन ।  गाउँपालिका भरिको शैक्षिक अवस्था कस्तो छ भनेर  शिक्षा शाखासँग सम्पर्क गर्दा यस्तो तथ्यांक  प्राप्त भएको  छ।

जनमार्ग मावि, सिलुवाबाट एसईईमा सहभागी विद्यार्थी ५४ थिए । जसमा १५ जना सफल भई २७५ सफलता मिलेको देखिन्छ । त्यसैगरी शम्भु मावि, जल्पाबाट २९ जना सहभागीमध्ये ८ जना सफल हुँदा  २७५ विद्यार्थी उत्तीर्ण भए । सरस्वती मावि,जल्पाबाट २१  जनामध्ये ६ जना विद्यार्थी सफल हुँदा २८५ नतीजा हासिल भएको छ । उद्द्बुद्द मावि, रिङनेरहबाट ६० जनामध्ये २० जना विद्यार्थी सफल भएका छन् ।

जसको नतीजा ३०५ हुन आएको छ । मातृभूमि मावि, देवीनगरबाट ४४ जनामध्ये १५ जनाले सफलता पाएका हुन् । जसले  ३४५ नतीजा हासिल गरेको छ । जनप्रिय  मावि,हेक्लाङबाट १८ जनामध्ये ७ जना विद्यार्थी सफल हुँदा  ३८५  नतीजा प्राप्त भएको भयो ।  समग्र गाउँपालिका भरि २६६ जना विद्यार्थी सहभागी  भएकोमा ३१५  सफल भएको देखिन्छ । यसरी हेर्दा राष्ट्रिय नतीजालाई भेट्न पनि करिव १७ प्रतिशत् मिहिनेत पूर्वखोलाले गर्नुपर्ने देखियो । 

दक्ष शिक्षक,अनुभवी प्रअ,कर्तव्यबोध गर्ने विद्यालय व्यवस्थापन समिति, जिम्मेवार अभिभावक र शिक्षालाई प्राथमिकतामा राख्ने जनप्रतिनिधि रहँदा रहँदै पनि शैक्षिक नतीजा सोचेजस्तो आउन नसक्दा विद्यार्थीलाईमात्र दोष लगाएर सरोकारवाला पानीमाथिको ओभानो बन्न सम्भव भएन । आउँदो वर्षका लागि यतिबेलादेखि नै सबै पक्षले योजनावद्व काम गर्न सकेमा नतीजा प्रभावकारी हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।