ताजा अपडेट »

बुटवलको एक रेष्टुरेन्टमा छुराप्रहारबाट घाईते युवाको मृत्यु, २ महिना बित्न लाग्दा पनि पक्राउ परेनन् आरोपित

बुधबार, १९ असार २०८१, १२ : ३८
15.88K Shares
बुधबार, १९ असार २०८१
15.88K Shares

बुटवल । बुटवलको कालिका पथस्थित मोन्टोना रेष्टुरेन्टमा छुरा प्रहारबाट घाइते युवाको मृत्यु भएको छ । रेष्टुरेन्टमा कार्यरत बुटवल-७ निवासी रवि थापाको उपचारको क्रममा हिजो मँगलबार मृत्यु भएको हो ।

गत जेष्ठ २ गते मध्यराती युवाहरुको समुहले थापामाथि छुरा प्रहार गर्दा घाइते भएका थिए । घटना भएको ४९ दिन बितिसक्दा पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन सकेको छैन । रेष्टुरेन्टमा रहेको सीसी टिभी फुटेजमा घटना संलग्न भएका व्यक्तिहरुको बारे खुले पनि प्रहरीले चासो नदेखाएको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पाण्डितले घटनामा संलग्नहरुको खोजी कार्य भैरहेको बताए । उनका अनुसार सीसी टिभी फुटेजका आधारमा अनुसन्धान गर्दा बुटवल मैनाबगरका कुसमन कार्की र बुटवल देवीनगरका किशोर कार्कीले छुरा प्रहार गरेका थिए । घटनापछि उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको पण्डितले बताए ।

घटना भएको लामो समयसम्म पनि प्रहरीले अपराधीहरुलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै राष्ट्रिय युवा संघ रुपन्देहीले ध्यानाकर्षण गराएको छ । संघले बुधबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरेको छ । संघका रुपन्देही अध्यक्ष बिकास बस्नेतले घटनाको अनुसन्धानमा प्रहरीले बेवास्ता गरे आफूहरु जस्तोसकै कदम चाल्न पनि बाध्य हुने चेतावनी दिए । मृतक थापा युवा संघका सदस्य हुन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।