ताजा अपडेट »
अटोमोबाईल

भियतनामी कम्पनी भिनफाष्टकाे ह्याचब्याक कार भीएफ फाइभ नेपालमा आउदै

बुधबार, १९ असार २०८१, ०८ : ४४
34 Shares
बुधबार, १९ असार २०८१
34 Shares

काठमाडौं। भियतनामी विद्युतीय सवारी उत्पादक कम्पनी भिनफाष्टको गाडी अब छिट्टै नेपाल आउने भएको छ। यसै वर्षको सुरुवातमा  भिनफाष्टको आधिकारिक बिक्रेता बनेको विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सलेले भीएफ फाइभ गाडी नेपाल ल्याउने तयारी थालेको हो।

कम्पनी स्रोतका अनुसार भिनफाष्टले नेपाली बजारमा यही मोडल लिएर इन्ट्री गर्ने तयारी गरेको छ। साेही अनुसार सबै प्रक्रियाहरू पूरा गरीएकाे कम्पनी स्रोतको दावी छ। भिनफाष्टले भारतमा पनि आफ्नो प्लान्ट खोल्ने भएकाले भविष्यमा उक्त गाडी भारतबाट नेपाल भित्रिनेछ। तर अहिलेका लागि भने कम्पनीले इन्डोनेसियाबाट उक्त गाडी ल्याउने योजना बनाएको छ।

यो गाडीले न्यू युरोपियन ड्राइभिङ साइक (एनईडीसी)ले प्रमाणित गरेअनुसार फुल चार्ज रेन्ज २६० किलोमिटर दिन्छ।

यसमा १०० किलोवाट क्षमताको मोटर दिइएको छ। यसले १३५ एनएम टर्क उत्पादन गर्न सक्छ। यसको टप स्पिड १३० किलोमिटर प्रतिघन्टा रहेको छ।

Untitled-2

यसमा ३१.२ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। यसको फाष्ट चार्जिङको समय १०-७० प्रतिशत पुग्न ३४ मिनेट लाग्छ।

यो फ्रन्ट ह्वील ड्राइभमा उपलब्ध छ। यो ३.९ मिटर लामो गाडी हो। यसको ह्वीलबेस २५ सय १४ एमएमको छ। यसको ग्राउन्ड क्लियरेन्स १६८ एमएमको छ।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।