ताजा अपडेट »

एकीकृत समाजवादीको महाधिवेशनमा आज प्रतिवेदनहरुको निष्कर्ष सुनाइँदै

बुधबार, १९ असार २०८१, ०८ : ३१
48 Shares
बुधबार, १९ असार २०८१
48 Shares

काठमाडौं । काठमाडौंमा जारी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा प्रस्तुत प्रस्तावहरुमा आज सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु हुने भएको छ । राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधन प्रस्तावहरुमाथि सामूहिक छलफल गरेका नेता–कार्यकर्ताहरुले आज छलफलको निष्कर्ष राख्नेछन् ।

छलफलका लागि बनाइएका १२ टोलीका नेताहरुले आज आ–आफ्नो समूहको छलफलको निष्कर्ष प्रस्तुत गर्ने छन् । बिहीबारदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ ।

एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् । नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत् गर्ने तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग हुने छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।