ताजा अपडेट »

एभरेष्ट बैंकले गर्यो बजारलाई ग्रिनरि जोन बनाउन सहयोग

मंगलबार, १८ असार २०८१, १६ : १५
30 Shares
मंगलबार, १८ असार २०८१
30 Shares

बुटवल। एभरेष्ट बैकं लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रूपन्देहिको मणिग्राममा रहेको नेपालकै ठुलो आधुनिक सुबिधा सम्पन्न लुम्बिनी कृषि उपज थोक बजार प्रा.लि.लाई ग्रिनरी जाने बनाउनका लागि सहयोग गरेको छ ।

लुम्बिनी कृषि उपज थोक बजार प्रा.लि.र एभरेष्ट बैक लिमिटेडले बजार परिषरमा  संयुक्त रूपमा रिङ सहित ठुला विभिन्न प्रजातिका बोट बिरुवा लगाएको छ  । एभरेष्ट बैकका लुम्बिनी प्रदेश प्रमुख  लभ प्रसाद लुईटेलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बजार परिसरको ग्रिनरि जोनका लागि २ लाख रूपैया बराबर सहयोग गरेको वताए ।

लुम्बिनी कृषि उपज थोक बजार प्रा.लि.मणिग्रामका अध्यक्ष भिमकान्त पन्थिले बजारलाई ग्रिनरि बनाउने काममा बैकले सहयोग गरेकोमा प्रसंसा गर्दै  यस्ता सहयोग आदानप्रदान प्रदानले दुवै सस्थालाई लाभ हुने वताए ।करिव ३ बिगाह क्षेत्रफलमा फैलिएको यो बजारमा धुपि, स्वामी लगायत विभिन्न प्रजातिका ६० वटाठुला  बोटविरूवा व्यवस्थित तरिकाले लगाईएको छ । बोट बिरुवा लगाउन गुप्ता नर्सरी ले सहयोग गरेको थियो ।

कार्यक्रममा टोल बिकास सस्थाका  अध्यक्ष बिकास मणि पाठक, संचालक बाबुराम भुषाल, कम्पनी का सिईयो राम बहादुर खत्री लगायतले बजार अझ व्यवस्थीत र नमुनाकै रूपमा अगाडि बढाउने वताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।