बुटवल । लायन्स क्लब अफ बुटवल शान्तिदिपले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गरि तिलोत्तमा नगरपालिका २ स्थित ओशो सम्बोधि संघमा बृक्षारोपण कार्यक्रम गरेको हो ।
आफु र अरुलाई बँचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा रोपण आवश्यक भएकाले क्लबले बृक्षारोपण कार्यक्रम गरेको क्लबका अध्यक्ष विशाल पन्थीले बताए । साथै उनले आफुहरुले रोपेका विरुवाहरुको आवश्यक संरक्षण पनि नियमिति रुपमा गर्ने प्रतिवद्धता व्यक्त गरे । बृक्षारोपणमा विभिन्न प्रजातिका फलफुलका विरुवासहित दजनौ बोट विरुवाहरु रोपिएको अध्यक्ष विशाल पन्थीले बताए ।
बृक्षारोपण इन्टरनेशनल डिस्ट्रीक ३२५ पि नेपालका डिस्ट्रीक गर्भनर पिएमजेएफ पुरोषोत्तमभक्त प्रधानाङको प्रमुख आथित्यता, सेकेण्ड भिडिजि एमजेएफ सन्दिप कशौधन र ओशो सम्बोधि संघका प्रमुख स्वामी ध्यान गगनको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै मानवजिवनलाई अति नै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बोट विरुवाहरुलाई रोपेर मात्र नहुने र रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने इन्टरनेशनल डिस्ट्रीक ३२५ पि नेपालका डिस्ट्रीक गर्भनर पिएमजेएफ प्रधानाङले बताए ।
बृक्षारोपण कार्यक्रममा डिस्ट्रिक सेक्रेटरी सचिव माधव खनाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एरिया चिफ दिपक श्रेष्ठ, कलस्टर चिफ विमला गैरे, एरिया सचिव अमृता कार्की पौडेल, रिजन चेर्यस प्रर्शन तथा संस्थापक अध्यक्ष बाबुराम खनाल, रिजन चेर्यस पर्शन वेदप्रसाद गैरे, जो चेर्यस पर्शन शेषनारायण बस्याल, पूर्वअध्यक्ष चेतनाराण भण्डारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया