ताजा अपडेट »

इन्द्रेणी सहकारीमा संचालक क्षमता अभिवृद्धि कार्यक्रम

मंगलबार, १८ असार २०८१, १५ : ०३
78 Shares
मंगलबार, १८ असार २०८१
78 Shares

बुटवल । बुटवल–८ धर्मपथ सुख्खानगरमा रहेको इन्द्रेणी बहुउदेश्य सहकारी संस्था लिमिटेडले आफ्ना शेयरहरुको क्षमता अभिवृद्धिका लागि संचालक क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । संस्थाको संचालक समितिमा रहेको पदाधिकारी, सदस्य तथा विभिन्न उपसमितिमा रहेका संयोजकहरुको क्षमता अभिवृद्धिका लागि इन्द्रेणीले मंगलबार तालिम कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका बरिष्ठ प्रवन्धक गोपीकृष्ण भण्डारीले सहकारीका सिद्धान्त, ऐन, नियम, विनियम, सहकारीको आन्तरिक नियमन प्रणाली, ऋण लगानी प्रकृया, धितो लिलामी प्रकृया लगायतका विषयमा सहजिकरण गरेका थिए । संस्थाका उपाध्यक्ष माया गौतमको स्वागत, सचिव नरबहादुर रजालीको संचालनमा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष शिवलाल राना, धुर्वकुमार धिताल लगायतले सहकारीको सिद्धान्त र मर्म अनुसार कार्य गर्नु पर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले सहकारीले विभिन्न समयमा सदस्यको क्षमता अभिवृद्धिका लागि तालिम तथा अभिमुखिकरण कार्यक्रम गर्दै आएको जानकारी दिए । सहकारीमा झण्डै २१ सय सदस्य आवद्ध रहेका छन् भने १० करोड ६२ लाख ३ हजार ५ सय रुपैयाँ सेयर पूँजी संकलन तथा ४० करोड ७४ लाख २६ हजार ८७६ रुपैयाँ निक्षेप पूँजी संकलन भएको संस्थाका ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।