ताजा अपडेट »

बूढीगण्डकीमा २८ अर्ब १८ करोड मुआब्जा वितरण

विहीबार, ०१ फागुन २०७६, ०८ : ३९
24 Shares
विहीबार, ०१ फागुन २०७६
24 Shares

फागुन १,

गोरखा । बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ। राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब १८ करोड ३१ लाख ९० हजार रुपियाँ पाएका हुन्। बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्थापना एकाइका प्रमुख कृष्ण कार्कीका अनुसार अहिलेसम्म गोरखातर्फ २३ हजार ३३१ रोपनीको १४ अर्बभन्दा बढी रकम वितरण भइसकेको छ।

आरुघाट क्षेत्रको पनि ८५ प्रतिशतभन्दा बढी निवेदन आइसकेको छ। गोरखातर्फ मात्रै एक अर्ब रुपियाँ खातामा गइसकेको छ। धादिङतर्फ मालपोत र नापीमा काम भइरहेकाले केही दिनमा थप रकम पठाउने तयारी भएको कार्कीले बताए । गोरखातर्फ मात्र कुल १४ अर्ब ७९ करोड ७६ लाख ९७ हजार रुपियाँ मुआब्जा वितरण भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। हालसम्म सबैभन्दा धेरै आरुघाटका एक व्यक्तिले नौ करोड मुआब्जा पाएका छन् भने सबैभन्दा कम पाँच÷छ लाख पाउने रहेको आयोजना कार्यालयले जनाएको छ। -गोरखापत्र दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।