ताजा अपडेट »

नयाँ सरकार गठनका लागि देउवा-ओली बीच मध्ये रातमा सहमती

आलोपालो प्रधानमन्त्री बन्ने, पहिलो कार्यकाल ओलीलाई

मंगलबार, १८ असार २०८१, ०१ : १४
172 Shares
मंगलबार, १८ असार २०८१
172 Shares

काठमाडौं । नयाँ सरकार गठन गर्नेबारे नेपाली कांग्रेस र नेकपा एमाले बीच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

संसदका दुई ठूला दल बीच भएको सहमती अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

सहमतीका लागि छलफलमा सहभागी एक नेताका अनुसार प्रदेशमा एमालेले कोशी, लुम्बिनी र कर्णाली सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको छ ।

यसै गरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको बैठकमा सहभागी नेताले बताए ।

यसअघि कांग्रेस र एमाले नेताहरु राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । नयाँ सरकार बनाउने सहमतिसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।